Kathmandu Press

बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी

महेन्द्रनगर, असार ६ : सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा पाँच वर्षदेखि माथि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य...
बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी

महेन्द्रनगर, असार ६ : सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा पाँच वर्षदेखि माथि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मीनराज जोशीले पहिलो चरणमा यहाँको कैलाली, कञ्चनपुर र डडेल्धुरामा बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाइने बताए।

'कोरोना विरुद्धको खोप बालबालिकालाई लगाउने राष्ट्रिय कार्यक्रमअनरूप पहिलो चरणमा तीन जिल्लाका पाँच वर्षदेखि माथि १२ वर्षमुनिका बालबालिकालाई लगाउने तयारी छ,' जनस्वास्थ्य निरीक्षक जोशीले भने, 'दोस्रो चरणमा बाँकी छ जिल्लामा साउन महिनाले उक्त खोप लगाइनेछ।' उनले केन्द्रमा खोप आएपछि जिल्लामा पठाएर स्कूलमा गएर उक्त खोप लगाउने तयारी रहेको बताए।

Hardik ivf

८७ प्रतिशतले लगाए खोप

त्यसैगरी कञ्चनपुरमा कोरोना विरुद्धको खोप ८६.२ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप इन्चार्ज जनक कुवँरले यहाँ दोस्रो मात्रा गरेर ८७ प्रतिशतभन्दा बढी स्थानीयवासीले कोरोना विरुद्धको खोप लगाइसकेको बताए। 'कोरोना विरुद्धको पहिलो मात्रा ७८ प्रतिशतले लगाएका छन्।' कुवँरले भने, 'बुष्टर डोज यहाँ ३६ प्रतिशतले लगाएको तथ्याङ्क छ।'

उनले खोप प्रगतिमा सुदूरपश्चिमका नौ जिल्लामध्ये कञ्चनपुर पहिलो नम्बरमा रहेको बताए। कोरोनाको सङ्क्रमण न्यून रहे पनि यहाँको गड्डाचौकी नाकामा भने स्वास्थ्य कार्यालयले नियमित कोरोना परीक्षण र सावधानीबारे सचेतना फैलाइरहेको छ। केही दिनअघि यहाँ तीनमा कोरोना सङ्क्रमण देखिएको थियो। भारतको राजधानी नयाँ दिल्लामा सङ्क्रमण बढिरहेका बेला दूरीका हिसाबले नजिक पर्ने गड्डचौकीमा सतर्कता अपनाइने स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रकाशित मिति: २०:५२ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्