Kathmandu Press

रूसी तेलको निर्यात चीनतर्फ बढ्यो

रूसी तेलको निर्यात चीनतर्फ बढ्यो

बेइजिङ, असार ६ : चीनले मे महिनामा रूसबाट कच्चा तेल आयातमा बृध्दि गरेको छ। यूक्रेनको आक्रमणमा रुसी ऊर्जा खरिदमा पछाडि पर्ने पश्चिमी राष्ट्रहरुको नोक्सानीलाई कम गर्न सहयोग गरेको चिनियाँ भन्सार कार्यालयबाट प्राप्त तथ्याङ्कले सोमबार देखाएको छ।

पश्चिमा मुलुकहरूले यूक्रेन आक्रमणविरूद्ध रूसमाथि लगाएको प्रतिबन्धसँगै रूसले तेलका लागि वैकल्पिक योजनालाई अघि सारेको छ। उसको यूरोप जाने तेललाई अन्य क्षेत्रमा बिस्तार गर्ने नीति रहेको छ।

चीनको तेल आयातको यो वृद्धिलाई हेर्दा अहिले रूसले साउदी अरबलाई चीनको प्रमुख तेल प्रदायक बन्नबाट उछिनेको छ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिने चीनले गत महिना रूसबाट करिब ८४.४२ मिलियन टन तेल आयात गरेको थियो। यो गत बर्षको सोही अवधिको तुलनामा ५५ प्रतिशत वृद्धि हो। चीनले मे महिनामा साउदी अरेबियाबाट ७ अर्ब ८२ करोड टन तेल आयात गरेको थियो।  

ब्लूमबर्ग न्युजले बताएअनुसार चीनले गत महिना ७.४७ अर्ब अमेरिकी डलर मूल्यको रूसी ऊर्जा उत्पादनहरू किनेको थियो र यो अप्रिलको तुलनामा झन्डै १ अर्ब अमेरिकी डलर बढी थियो।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको विश्वव्यापी तेल कारोबारबारे पछिल्लो प्रतिवेदनअनुसार गत दुई महिनामा भारतले जर्मनीलाई रुसी कच्चा पदार्थको दोस्रो ठूलो आयातकर्ताको रुपमा उछिनेको छ। चीन सन् २०१६ देखि कच्चा तेलको लागि रूसको सबैभन्दा ठूलो बजार भएको छ।

प्रकाशित मिति: १९:१४ बजे, सोमबार, असार ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्