Kathmandu Press

कतारको विशाल ग्यास आपुर्ति विस्तारमा कोनोकोफिलिप्स सहभागी

दोहा, असार ६ : सोमबार कोनोकोफिलिप्स कतारको विशाल प्राकृतिक ग्याँस विस्तारमा मद्दत गर्न सम्झौता गर्ने पहिलो विशाल अमेरिकी ऊर्जा कम्पनी बनेको छ। यसले...
कतारको विशाल ग्यास आपुर्ति विस्तारमा कोनोकोफिलिप्स सहभागी

दोहा, असार ६ : सोमबार कोनोकोफिलिप्स कतारको विशाल प्राकृतिक ग्याँस विस्तारमा मद्दत गर्न सम्झौता गर्ने पहिलो विशाल अमेरिकी ऊर्जा कम्पनी बनेको छ। यसले विश्वव्यापी नयाँ आपूर्तिमा सहज बन्नेमा उर्जा बजारलाई उत्साहित बनाएको छ।

ऊर्जा मन्त्री साद शेरिदा अल–काबीले एक पत्रकार सम्मेलनमा भने, 'कोनोकोफिलिप्सका एउटा शाखा ‘नर्थ फिल्ड इस्ट’ परियोजना फ्रान्सको टोटलएनजीको तुलनामा झण्डै आधा छ र उसको यस परियोजनामा ६.२५ प्रतिशत हिस्सा रहेको छ भने इटालीको ईएनआई बराबर रहेको छ।'

यस सम्झौताको मूल्यको कुनै तथ्यांक दिइएको छैन तर टोटलएनर्जीले पहिले आफ्नो संयुक्त उद्यमका लागि २ अर्ब अमेरिकी डलर तिरिसकेको कुरा बताएको थियो।

अहिलेसम्म पत्ता लागेको विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्याँस भण्डार भएको नर्थ फिल्डको विस्तारमा २८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। यहाँ सन् २०२७ सम्ममा हालको ७७ मिलियन टनबाट उत्पादन वृद्धि गराई ११० मिलियन टन पुर्‍याउने योजना रहेको छ।

यूरोपको ऊर्जा आपूर्तिमा यूक्रेनको रूसी आक्रमणको कारण यो परियोजनाले बढ्दो अन्तरराष्ट्रिय महत्व पाएको छ।

कोनोकोफिलिप्स र राज्य स्वामित्वमा रहेको कतार एनर्जीबीचको संयुक्त उद्यम २७ वर्षसम्म रहनेछ, तर अल–काबीले नर्थ फिल्डबाट ५० वर्षभन्दा बढी ग्यास उत्पादन गर्न सकिने विश्वास व्यक्त गरे।

कोनोकोफिलिप्सका अध्यक्ष रायन लान्सले यो ‘संसारको सबैभन्दा राम्रो’ परियोजना हुने भन्दै यस सम्झौताको प्रशंसा गरेका छन।

आगामी दिनमा कतारले थप साझेदार घोषणा गर्ने अपेक्षा गरिएको छ। उद्योग स्रोतले उल्लेख गरेका नाममध्ये चिनियाँ राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनीहरु पनि प्रतिस्पर्धी हुने सम्भावना छ। चीन यस पहिले नै कतारी प्राकृतिक ग्याँसको लागि सबैभन्दा ठूलो ग्राहकहरू मध्ये एक हो।

बिस्तारमा भाग लिने कम्पनीहरूको निर्णयमा ‘शून्य कूटनीतिक प्रभाव’ रहने बताउँदै काबीले भने, 'भुक्तानी गरिएको मूल्य, ‘योग्यता’, र नयाँ बजारहरूमा पहुँच प्रदान गर्ने क्षमता चयन निर्धारण गर्ने बिषय प्रमुख हुनेछन्।

प्रकाशित मिति: १८:३० बजे, सोमबार, असार ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्