Kathmandu Press

‘शेयर कारोबार उत्पादनमूलक भएन’

काठमाडाैं, असार ६ : सेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ।सांसद प्रेम सुवालले शेयर बजार उत्पादनमूलक नभएको भन्दै...
‘शेयर कारोबार उत्पादनमूलक भएन’

काठमाडाैं, असार ६ : सेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ।

सांसद प्रेम सुवालले शेयर बजार उत्पादनमूलक नभएको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राखेका हुन्।

उनले नेपाल धितोपत्र बोर्ड परिसरमा शेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए।

सांसद सुवालले लिखित परीक्षाबिना नै सेयर ब्रोकरहरु थप्ने काम भएको भन्दै त्यसमासमेत सुधारको माग गरे।

प्रकाशित मिति: १७:४१ बजे, सोमबार, असार ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्