थप २८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, असार ६ : नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ८ सय ६२ पिसिआर परिक्षणका क्रममा २०...
काठमाडाैं, असार ६ : नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ८ सय ६२ पिसिआर परिक्षणका क्रममा २० जना र २ हजार ५२ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप १० जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय १० जना निको भएका छन्।
हाल नेपालमा १ सय २० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:१७ बजे, सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












