Kathmandu Press

कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो विजयी

काठमाडाैं, असार ६ : गुस्ताभो पेट्रो आइतबार कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित भएका छन्।स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा निकै नजिकको दौडमा पराजित भएका...
कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो विजयी

काठमाडाैं, असार ६ : गुस्ताभो पेट्रो आइतबार कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित भएका छन्।

स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा निकै नजिकको दौडमा पराजित भएका छन्। राज्य सञ्चालित राष्ट्रिय नागरिक रजिस्ट्रीले सो किराको जानकारी गराएको छ।

Hardik ivf

कोलम्बिया गठबन्धनका लागि वामपन्थी ऐतिहासिक सम्झौताका उम्मेदवार पेट्रोले ११,२८०,६९४ मत (जुन ५०.४४ प्रतिशत) प्राप्त गरेका छन्।

यस्तै  हर्नान्डेजले १०,५७९,८०३ मत जुन (४७.३१ प्रतिशत) प्राप्त गरेका छन्। नवनिर्वाचित राष्ट्रपतिले ट्वीटरमा भनेका छन्, 'यो उत्सवको दिन हो।'

'पहिलो लोकप्रिय विजयको उत्सव मनाऔं,' पेट्रोले लेखेका छन्। 'यो विजय भगवानको लागि हो, जनता र यसको इतिहासको लागि हो। आज सडक र चौकको दिन हो,'  उनले भने। ६२ वर्षीय पेट्रो राजधानी बोगोटाका सिनेटर र पूर्व मेयर हुन्। उनले अगस्ट ७ गते राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन्।

निर्वाचन अधिकारीहरूले यसअघि मतदानको दिनमा मतदान प्रक्रिया सामान्य रूपमा अघि बढेको बताएका थिए तर पछि एक सैनिक र एक चुनावी साक्षीको मृत्यु भएको खबर आएको थियो।

रक्षामन्त्री डिएगो मोलानोले कोलम्बियाको क्रान्तिकारी सशस्त्र बलको आक्रमणमा एक सैनिकको मृत्यु भएको छ बताएका छन्।

प्रकाशित मिति: १६:११ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्