Kathmandu Press

डोट्याली भाषामा गेटा मेडिकल कलेज सञ्चालन गर्न माग

काठमाडाैं, असार ६ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रि, स्थानीय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।प्रतिनिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मूल्यवृद्धिको...
डोट्याली भाषामा गेटा मेडिकल कलेज सञ्चालन गर्न माग

काठमाडाैं, असार ६ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रि, स्थानीय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मूल्यवृद्धिको मारमा जनता पिल्सिएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

Hardik ivf

सांसद दीपप्रकाश भट्टले त सुदूरपश्चिम प्रदेशमा चलनचल्तीमा रहेको डोट्याली भाषामा गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन माग गरे।

उनले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा परिवर्तन गर्न स्थानीय भाषामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो। उनले सुदूरपश्चिम प्रदेशबाट पटकपटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाप्रति स्थानीयवासीको ठूलो अपेक्षा रहेको बताए।

सांसदद्वय देवप्रसाद तिमिल्सिना र धर्मशीला चापागाईँले नागरिकताको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै सांसद देवप्रसाद गुरुङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यृवद्धि फिर्ता लिन माग गर्नुभयो। सांसद नवीना लामाले पनि इन्धनमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न अनुरोध गरे।

शून्य समयमा सांसदहरू डिला सङ्ग्रौला, थममाया थापा दलबहादुर राना, दामोदर भण्डारी, नरबहादुर धाँमी, नवराज सिल्वाल, नारदमुनी राना, निरुदेवी पाल, पूर्णाकुमारी सुवेदीले देश र जनताका पक्षमा सरकारले काम गर्नुपर्नेमा ध्यानाकर्षण गराए। 

प्रकाशित मिति: १४:५४ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्