Kathmandu Press

खाँदबारीको सागममा पहिराले एक घर पुरियो

सङ्खुवासभा, असार ६ : सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ सागममा पहिराले एक घर पुरिएको छ। लगातार वर्षासँगै आएको पहिराले आइतबार राति खाँदबारी–६ सागममा स्थानीय पर्वत राईको घर...
खाँदबारीको सागममा पहिराले एक घर पुरियो

सङ्खुवासभा, असार ६ : सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ सागममा पहिराले एक घर पुरिएको छ। लगातार वर्षासँगै आएको पहिराले आइतबार राति खाँदबारी–६ सागममा स्थानीय पर्वत राईको घर पुरिएको वडाध्यक्ष अर्जुन तामाङले जानकारी दिए। 

गएराति साढे ८ बजे घर माथिबाट आएको पहिराले  राईको घर पुरिएको हो। मानवीय क्षति भने नभएको वडाध्यक्ष तामाङले बताउनुभयो। राईको परिवारले भागेर ज्यान जोगाएका छ। पहिराबाट राईको परिवार विस्थापित भएको छ। राईको परिवार छिमेकीकामा आश्रय लिएर बसेको छ। पहिराबाट लप्सेका आधा दर्जन घर जोखिममा परेको वडाध्यक्ष तामाङले बताए। 

पहिराले बर्खे कल्छे, माल्टा, पाङ्ठालगायतका स्थानमा लगाइएको बर्खे धानबालीसमेत पुरिएको छ। पहिरोले खाँदबारी –६ कल्छेबेँशीका रवीन राईको १५ रोपनी खेत र छ माछा पोखरी पुरिएको छ।

पहिराले देवेन्द्र घिमिरेको १५ रोपनी र प्रकाश पोख्रेलको १५ रोपनी धान खेत पुरिएको छ। त्यस्तै चन्द्रकुमार मगरको दुई रोपनी धान खेत र माछा पोखरी तथा सचिन राई र पदम मगरको तीन रोपनी खेत पुरिएको छ। 

पहिरोले लाखौ रुपैयाँ बराबरको क्षति भएका वडाध्यक्ष तामाङले बताउनुभयो। क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन।  

प्रकाशित मिति: १४:३६ बजे, सोमबार, असार ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्