Kathmandu Press

पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतंककारी मारिए

इस्लामाबाद, असार ६ : पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि ६ जना आतङ्ककारी मारिएका समाचारमा जनाइएको छ।बलुचिस्तान प्रान्तका कतिपय पहाडी इलाकामा...
पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतंककारी मारिए

इस्लामाबाद, असार ६ : पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि ६ जना आतंककारी मारिएकाे समाचारमा जनाइएको छ।

बलुचिस्तान प्रान्तका कतिपय पहाडी इलाकामा केही समय यतादेखि आतङ्ककारी गतिविधी बढेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको पाकिस्तानको सेनाले जनाएको छ।

पाकिस्तानी सेनाका अनुसार सो प्रान्तमा बलुचिस्तान लिबरेसन्स् फ्रन्ट नामक एक आतंककारी समूहले प्रहरी चौकी तथा सैनिक पोष्टमा हमला गर्ने गरेको थियो।

सो समूहका आतंककारी खोज्ने क्रममा आइतबार ६ जना मारिएका पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानी सेनाले दिएको जानकारीअनुसार उक्त आक्रमणमा परेर मारिएकामा यस्तै सुरक्षाकर्मीमाथि हमला गर्ने गरेका आतङ्ककारी रहेका छन्।

सो क्षेत्रमा केही महिना यतादेखि सैनिक पोष्टहरुमा आक्रमण गर्ने गरेको सो समूहका अन्य केही सदस्य र हातहतियार पनि उक्त सैनिक टोलीले कब्जा गरेको बताइएको छ।

प्रकाशित मिति: १४:१८ बजे, सोमबार, असार ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्