Kathmandu Press

अफगानिस्तानका ६ हजार ५०० भन्दा बढी परिवारलाई मानवीय सहायता प्रदान

काबुल, असार ६ : अफगानिस्तानका २० प्रान्तका विभिन्न स्थानमा गरी ६ हजार ५०० भन्दा बढी परिवारलाई मानवीय सहायता प्रदान गरिएको छ।उनीहरुले गएको एक हप्ताभित्रमा...
अफगानिस्तानका ६ हजार ५०० भन्दा बढी परिवारलाई मानवीय सहायता प्रदान

काबुल, असार ६ : अफगानिस्तानका २० प्रान्तका विभिन्न स्थानमा गरी ६ हजार ५०० भन्दा बढी परिवारलाई मानवीय सहायता प्रदान गरिएको छ।

उनीहरुले गएको एक हप्ताभित्रमा यो सहायता प्राप्त गरेका अफगानिस्तानको शरणार्थी तथा पुनःस्थापनासम्बन्धी मन्त्रालयले जानकारी दिएको छ।

Hardik ivf

प्राप्त भएका सामग्रीहरुमा खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यकताका सामग्रीहरु रहेका पनि सो मन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जानाइएको छ।

यी सामग्रीहरु विभिन्न स्थानीय तथा विदेशी दाता संस्थाहरुबाट प्राप्त भएको पनि आइतबार सो मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।

यहाँ वर्षदिन अघिदेखि तालिबानहरुले शासन सत्ता आफ्ना हातमा लिएपछि मानिसहरुलाई न्युनतम आवश्यकताको पनि समस्या पर्दै आएको छ।

यसैकारण अफगानिस्तानका नागरिकलाई विभिन्न विदेशी राष्ट्र तथा दाता संस्थाहरुले पनि सहयोग गर्दै  आएका छन्।यस देशको ३ करोड ५० जनसङख्यामध्ये कम्तीमा पनि २ करोड २० लाख मिलियनलाई खाद्यान्नको समस्या अहिले पनि देखिएको छ।

त्यसैले विभिन्न दाता संस्था तथा राष्ट्रहरुले यहाँका नागरिकलाई खाद्यान्न लगायतको अति आवश्यकताका सामग्रीहरु सहयोग गर्दै आएका छन्।

प्रकाशित मिति: १४:११ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्