Kathmandu Press

कमल थापाले गरे बालेनको प्रशंसा

काठमाडाैं, असार ६ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को प्रशंसा गरेका छन्।उनले आज (सोमबार) सामाजिक सञ्जालबाट...
कमल थापाले गरे बालेनको प्रशंसा

काठमाडाैं, असार ६ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को प्रशंसा गरेका छन्।

उनले आज (सोमबार) सामाजिक सञ्जालबाट काठमाडौंंको समग्र विकासका निम्ति बालेनद्वारा आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत नीति र कार्यक्रमले संस्कृति, सम्पदाको संरक्षण तथा शिक्षा विकासमा ध्यान दिएको भन्दै प्रशंसा गरेका हुन्। 

‘आशा आकांक्षा असिमित हुन्छन्। यो पनि, त्यो पनि भैदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविक हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘तथापि काठमाडौंको समग्र विकासको निम्ति बालेनद्वारा प्रस्तुत नीति र कार्यक्रम प्रशंसनीय छ। संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा ध्यान दिएको राम्रो लाग्यो।’

उनले  नीति र कार्यक्रम कार्यान्वयनका लागि शुभकामना पनि दिएका छन्। 

प्रकाशित मिति: १२:४३ बजे, सोमबार, असार ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्