Kathmandu Press

काठमाडौं अदालतबाट भागेका युवक कोटेश्वरबाट पक्राउ

काठमाडौं, असार ६ : अदालत परिसरबाट भागेका युवकलाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौंमा म्याद...
काठमाडौं अदालतबाट भागेका युवक कोटेश्वरबाट पक्राउ

काठमाडौं, असार ६ : अदालत परिसरबाट भागेका युवकलाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लैजाने क्रममा सप्तरीको कचन गाउँपालिका घर भई हाल काठमाडौंको तिलगङ्गा बस्दै आएका अनिल ठाकुर भागेका थिए।

Hardik ivf

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालतबाट फरार ठाकुरलाई तीन घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको बताए।

अदालतबाट फरार भएसँगै काठमाडौं प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी सूक्ष्म तवरले जाँच गर्ने व्यवस्था गरेको थियो। यस्तै, काठमाडौँको प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रवक्ता मैनालीले बताए।

जिल्ला प्रहरी परिसरको विशेष प्रहरी एकाइ र प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरेका ठाकुरलाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:४२ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्