Kathmandu Press

आज संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, असार ६ : आज संघीय संसद्का दुवै सदनको बैठक बस्न लागेको छ।संघीय संसद् सचिवालयका अनुसार आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै...
आज संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, असार ६ : आज संघीय संसद्का दुवै सदनको बैठक बस्न लागेको छ।

संघीय संसद् सचिवालयका अनुसार आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। आजको बैठकमा विभिन्न विधेयक दफावार छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ।

Hardik ivf

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि हुने भएको छ। त्यस्तै, आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिने कार्यसूची छ।

यसैगरी, राष्ट्रिय सभाको बैठक आज दिउसो १ बजे बस्नेछ। बैठकमा विभिन्न विधेयकमाथि छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: ०८:०९ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्