Kathmandu Press

आसाममा बाढी–पहिरो, ६२ जनाको मृत्यु

गुवाहाटी, असार ५ : अविरल वर्षासँगै राज्यका विभिन्न भागमा बाढीपहिरोमा परी कम्तिमा ६२ जनाको मृत्यु भएको छ भने ३२ जिल्लाका ३१ लाख सर्वसाधारण...
आसाममा बाढी–पहिरो, ६२ जनाको मृत्यु

गुवाहाटी, असार ५ : अविरल वर्षासँगै राज्यका विभिन्न भागमा बाढीपहिरोमा परी कम्तिमा ६२ जनाको मृत्यु भएको छ भने ३२ जिल्लाका ३१ लाख सर्वसाधारण प्रभावित भएका छन्।

आसाम राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर ५१ र पहिरोले पुरिएर ११ जनाको मृत्यु भएको छ। मृतकको सङ्ख्या अझ बढ्ने आशङ्का गरिएको छ। बाढीमा परी आठ जना हराइरहेका छन्।

Hardik ivf

बाढीबाट राज्यका बजाली, बक्सा, बारपेटा, विश्वनाथ, बोङगाईगाउँ, कछार, दराङ, धेमाजी, धुब्री, डिब्रुवढ, गोलपारा, कार्बीआङलोङ, सोनितपुर, नलवारी, करीमगञ्ज, दक्षिण सालमारा, तामुलपुर, तीनसुकियालगायत ३२ जिल्लाका ३१ ३१ लाख सर्वसाधारण प्रभावित भएका छन्।

पीडितहरूको उद्धार तथा राहतका लागि जिल्ला प्रशासनले पाँचसय १४ राहत शिविर एवम् तीनसय दुई राहत सामग्री वितरण केन्द्र स्थापना गरेको छ।

हाल एक लाख ५६ हजार तीनसय ६५ जनालाई राहत शिविरमा आश्रय दिइएको छ। राज्यका चार हजार दुईसय ९१ गाउँ बाढीको चपेटामा परेको छ भने ६६ हजार खेतीयोग्य जमिन जलमग्न भएको छ। बाढीबाट २५ लाखभन्दा बढी चौपाया पनि प्रभावित भएका छन्।

प्रकाशित मिति: २०:३० बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्