Kathmandu Press

जिसस म्याग्दीमा एमाले विजयी

म्याग्दी, असार ५ : जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा (एमाले) का राजकुमार थापा निर्वाचित भएका छन। बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज...
जिसस म्याग्दीमा एमाले विजयी
Hardik ivfHardik ivf

म्याग्दी, असार ५ : जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा (एमाले) का राजकुमार थापा निर्वाचित भएका छन। बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज भएको निर्वाचनमा थापा विजयी भएका हुन।

उपप्रमुखमा पनि एमालेकै दिलकुमारी खत्री निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए। अन्य सात सदस्यमा यही असार १ गते मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि निर्विरोध भएका थिए। सदस्यमा कृष्णदत्त पौडेल पाध्या, श्रीप्रसाद गर्बुजा, देब गर्बुजा पुन, कविता विक, गौमती चपाई, धनकुमारी सुनार र जानकी विश्वकर्मा निर्विरोध भएका थिए।

जिसस प्रमुखमा निर्वाचित थापा एमाले जिल्ला कमिटि उपसचिव छन। जिससमा एमालेका सात, कांग्रेसका तीन र माओवादी केन्द्रका दुईसहित १२ मतदाता थिए।

प्रकाशित मिति: २०:२२ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्