Kathmandu Press

प्रभु बैंक र द क्लिफबीच साझेदारी, कर्मचारी र ग्राहकलाई एड्भेन्चरमा सहुलियत 

काठमाडौं, असार ५ : नेपालकै उत्कृष्ट एड्भेन्चर हब द क्लिफ प्रालिले आफ्ना ग्राहकलाई सहुलियत दिन प्रभु बैंकसंग साझेदारी गरेको छ । साझेदारीसंगै प्रभु बैंकका...
प्रभु बैंक र द क्लिफबीच साझेदारी, कर्मचारी र ग्राहकलाई एड्भेन्चरमा सहुलियत 

काठमाडौं, असार ५ : नेपालकै उत्कृष्ट एड्भेन्चर हब द क्लिफ प्रालिले आफ्ना ग्राहकलाई सहुलियत दिन प्रभु बैंकसंग साझेदारी गरेको छ । 

साझेदारीसंगै प्रभु बैंकका कर्मचारी र प्रभु बैंकका ग्राहकले द क्लिफमा बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर गतिविधि गर्दा दस प्रतिशत नगद छुट प्राप्त गर्नेछन् ।

Hardik ivf

प्रभु बैंकको मोबाइल एप, डेबिट कार्ड, क्रेडिट कार्ड मार्फत भुक्तानी गरि छुट प्राप्त गर्न सकिने द क्लिफका निर्देशक नेत्र पराजुलीले बताए ।

ग्राहकलाई छुट दिने साझेदारीमा प्रभु बैंकको मुख्य ब्यवसाय केन्द्र अधिकारी शान्ति सेरचन र द क्लिफका प्रमुख कार्यकारी अधिकृत इश्वध्वज कार्कीले हस्ताक्षर गरेका हुन् । आफ्ना ग्राहकलाई मुलुककै ट्रेन्डिङ एड्भेन्चर हबमा छुट दिलाउन पाउँदा खुसी लागेको प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बताए । 

द क्लिफको रिसोर्ट तथा एड्भेन्चर परियोजना निर्माणको समयमा समेत प्रभु बैंकले ऋण लगानी गरेको थियोे ।

प्रकाशित मिति: १९:०३ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्