थप २३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, असार ५ : नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार २ सय ५४ पिसिआर परिक्षणका क्रममा १८...
काठमाडाैं, असार ५ : नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार २ सय ५४ पिसिआर परिक्षणका क्रममा १८ जना र ७ सय ७३ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन। त्यस्तै थप १२ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय जना निको भएका छन्।
हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:४२ बजे, आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












