Kathmandu Press

आन्दोलनरत लगानीकर्ताद्वारा आफ्ना मागबारे राष्ट्र बैंकलाई जानकारी

ललितपुर, असार ५ : पुँजी बजार सुधारको माग गर्दै आन्दोलनरत लगानीकर्ताहरुले आफ्ना मागका बारेमा नेपाल राष्ट्र बैंकलाई जानकारी गराएका छन्।आइतबार पुँजी बजार सुधार सघर्ष...
आन्दोलनरत लगानीकर्ताद्वारा आफ्ना मागबारे राष्ट्र बैंकलाई जानकारी

ललितपुर, असार ५ : पुँजी बजार सुधारको माग गर्दै आन्दोलनरत लगानीकर्ताहरुले आफ्ना मागका बारेमा नेपाल राष्ट्र बैंकलाई जानकारी गराएका छन्।

आइतबार पुँजी बजार सुधार सघर्ष समितिले बालुवाटारसम्म विरोध प्रदर्शन गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई १९ बुँदे मागपत्र बुझाएका हुन्।

विगतको सरकारले साढेतीन वर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनुपर्ने उनीहरुको भनाइ छ।

सो क्रममा उनीहरुले बैंकहरुलाई ब्रोकर लाइसेन्स देउ, चार बाह्रको नीति खारेज गर, ब्रोकर कमिसन कम गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन्।

पुँजी बजार सुधारको माग गर्दै संघर्ष समितिका संयोजक तिलक कोइराला पाँच दिनदेखि नेपाल धितोपत्र बोर्ड अगाडि आमरण अनशन बस्दै आएका छन्। उनको स्वास्थ्य अवस्था बिग्रदै गएको लगानीकर्ताहरुले बताएका छन्। 

प्रकाशित मिति: १७:२६ बजे, आइतबार, असार ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्