Kathmandu Press

भारतमा एक दिनमै कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ८९९

भारतमा एक दिनमै कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ८९९

नयाँ दिल्ली, असार ५ : भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८९९ जना सङ्क्रमित भएका छन्।

शनिबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो। भारतमा गत बुधबारबाट सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ। 

Hardik ivf

यसैवर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए। भारतमा शनिबार १२ हजार ८९९ जना कोरोना सङ्क्रमित थपिएपछि भारतमा सन् २०२० को मार्चबाट शुरु भएको कोरोना सङ्क्रमितको कुल सङ्ख्या चार करोड ३२ लाख ९६ हजार ६९२ पुगेको छ।

यसमध्ये ७२ हजार ४७४ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ। सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०।१७ प्रतिशत हो। 

पछिल्लो एक दिनमा आठ हजार ५१८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ९९ हजार ३६३ पुगेको छ। कोरोना भाइरस निको भएको यो दर ९८.६२ प्रतिशत रहेको छ। 

कोरोना महामारीबाट बिहीबार भारतमा १५ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८३० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ।

भारतमा  सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ९६ करोड १४ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ।

भारतमा हिजो शनिबार चार लाख ४६ हजार ३८७ जनाको कोरोना परिक्षण भएको बताइएको छ। यसैसँग भारतमाा कोरोना शुरु भएबाट हालसम्म ८५ करोड ७८ लाख जनाको कोरोना भाइरस परिक्षण भएको बताइएको छ। 

प्रकाशित मिति: १७:०९ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्