इरानी लडाकू विमान दुर्घटना, जहाज चालक सुरक्षित
तेहरान, असार ५ : इरानको मध्य प्रान्त इस्फाहानमाा शनिबार एफ–१४ लडाकू विमान दुर्घटनाग्रस्त हुँदा चालक सुरक्षितरूपमा बाहिर निस्किएका आधिकारिक समाचार एजेन्सी इरनाले जनाएको...
तेहरान, असार ५ : इरानको मध्य प्रान्त इस्फाहानमाा शनिबार एफ–१४ लडाकू विमान दुर्घटनाग्रस्त हुँदा चालक सुरक्षितरूपमा बाहिर निस्किएका आधिकारिक समाचार एजेन्सी इरनाले जनाएको छ।
लडाकू मिसनमा रहेको अवस्थामा इन्जिनमा प्राविधिक खराबी आएपछि दुर्घटना भएको इस्फाहान प्रान्तमा इरानी सेनाका प्रवक्तालाई उद्धृत गर्दै इरनाले जानकारी दिएको छ।
जहाजका चालक र सहचालकबाहिर निकाल्न सफल भएका तर घाइते भएका कारण अस्पतालमा भर्ना गरिएको जनाइएको छ। दुर्घटनामा कसैको मृत्यु नभएको सेनाका प्रवक्ताले जानकारी दिएको छ।
प्रकाशित मिति: १७:०२ बजे, आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












