Kathmandu Press

लगानीकर्ताको माग बोर्डको कार्यक्षेत्रभन्दा बाहिर

काठमाडाैं, असार ५ : नेपाल धितोपत्र बोर्ड सम्बद्ध कर्मचारी युनियनले लगानीकर्ताका तर्फबाट राखिएका कतिपय माग बोर्डको कार्यक्षेत्रभन्दा बाहिरका विषय भएको स्पष्ट पारेको छ।धितोपत्र...
लगानीकर्ताको माग बोर्डको कार्यक्षेत्रभन्दा बाहिर

काठमाडाैं, असार ५ : नेपाल धितोपत्र बोर्ड सम्बद्ध कर्मचारी युनियनले लगानीकर्ताका तर्फबाट राखिएका कतिपय माग बोर्डको कार्यक्षेत्रभन्दा बाहिरका विषय भएको स्पष्ट पारेको छ।

धितोपत्र बजारको सुधारको माग राख्दै विगत केही दिनदेखि जारी आन्दोलनप्रति आज धारणा सार्वजनिक गर्दै कर्मचारी युनियनले वित्तीय बजारका अन्य नियमनकारी निकाय र नेपाल सरकार अर्थ मन्त्रालयको पहलकदमीमा मात्रै माग सम्बोधन हुन सक्ने स्पष्ट पारेको छ।

युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार बोर्ड आफैले पूरा गर्न सक्ने लगानीकर्ताका यथोचित माग यथाशीघ्र सम्बोधन गर्न बोर्ड  नेतृत्व समक्ष र अन्य माग सम्बोधन गर्न नेपाल सरकार समक्ष माग गर्दै कार्यालय परिसरको सुरक्षा एवं बोर्डका कर्मचारीलाई सुरक्षित कार्यस्थललको प्रत्याभूति गराउन माग गरेको छ।

बोर्डमा नयाँ नेतृत्व भर्खरै आएको र देखिएका समस्या समाधानका लागि प्रयास गरिरहेको उल्लेख गर्दै यूनियनले कार्यालय परिसरमा जारी राखिएको आमरण अनशनलाई बोर्डको कर्मचारी यूनियनले गम्भीरताका साथ लिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १६:२८ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्