Kathmandu Press

भुटानी अगुवा डा. राईको निधन

झापा, असार ५ : भुटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी डाक्टर भम्पा राईको निधन भएको छ।दमक–५ मा बस्दै आएका ७२ वर्षीय राईकोे विराटनगरस्थित...
भुटानी अगुवा डा. राईको निधन

झापा, असार ५ : भुटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी डाक्टर भम्पा राईको निधन भएको छ।

दमक–५ मा बस्दै आएका ७२ वर्षीय राईकोे विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका  क्रममा शनिबार राति  निधन भएको हो।

Hardik ivf

डा. राई भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका संयोजक हुनुहुन्थ्यो। राई पेटसम्बन्धी समस्याबाट लामो समयदेखि पीडित थिए। शनिबार दिउँसो मुटुको चालमा समस्या भएपछि उपचारका लागि उनलाई विराटनगरस्थित नोबल अस्पतालमा उपचारका लागि लगिएको आफन्त इन्द्र कुँवरले बताए।

डा. राईको शव आजै कमल–५ सीतापुरी उत्तरमा रहेको समाधिस्थलमा अन्त्येष्टि गरिने उनले बताए। राईले भुटानी राजाका कन्सलेन्टेन्ट सर्जनका रुपमा काम गरे। सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेटिएपछि उनी आफ्नै इच्छाले नेपाल आएका थिए।

राई  पत्नी र बुबा–आमासहित नेपाल आएका थिए। आमा विष्णुमायाको २०५४ सालमा र बुबा आइतराजको २०६४ सालमा निधन भएको थियो। दुई वर्षअघि उनकी पत्नी उर्मिलाको पनि निधन भएपछि डा. राई डेरामा एक्लै बस्दै आएका थिए।

गत जेठदेखि उनलाई नगरपालिकाले सम्मानस्वरुप दमकमा आजीवन बस्ने व्यवस्था गरिदिएको थियो। सन् १९९० अघि १ लाख बढी भुटानीसँगै शरणार्थी शिविर प्रवेश गरेका डा. राईले शरणार्थीको निःशुल्क उपचार गर्दै आएका थिए। 

प्रकाशित मिति: १५:०८ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्