Kathmandu Press

पहिरो खस्दा पृथ्वीराजमार्गको डुम्रे–याम्पा खण्ड अवरुद्ध

काठमाडाैं, असार ५ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ। मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा सडक...
पहिरो खस्दा पृथ्वीराजमार्गको डुम्रे–याम्पा खण्ड अवरुद्ध

काठमाडाैं, असार ५ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ। 

मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन्।

पहिरा हटाएर राजमार्ग सुचारु गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ। मुग्लिन पोखरा सडक विस्तारका लागि भित्ता खन्ने काम भइरहेकाले यहाँ बेलाबेलामा पहिरा खसिरहेको छ।

प्रकाशित मिति: १४:०६ बजे, आइतबार, असार ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्