Kathmandu Press

जिसस तनहुँको निर्वाचन असार १३ गते

तनहुँ, असार ५ : तनहुँ जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो। असार...
जिसस तनहुँको निर्वाचन असार १३ गते

तनहुँ, असार ५ : तनहुँ जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो। 

असार १० गते मतदाता नामावली प्रकाशन, सोही दिन मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दर्खास्त दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्य हुनेछ। 

Hardik ivf

असार ११ गते मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ र अन्तिम मतदाता नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए। असार १२ गते उम्मेदवारको मनोनयपत्र दर्ता, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी, मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी  फिर्ता, अन्तिम नामावली प्रकाशन  र निर्वाचन चिह्न प्रदान गरिने जनाइएको छ । असार १३ गते मतदानको कार्यतालिका रहेको छ। 

जिल्ला समन्वय समितिको निर्वाचनका लागि तनहुँमा २० मतदाता छन् । समन्वय समिति गठनका लागि जिल्लामा एउटै पार्टीको बहुमत छैन। यहाँ नेपाली कांग्रेसको दश, नेकपा एमालेको छ र नेकपा (माओवादी केन्द्र)को चार मत छ। 

एउटै पार्टीको बहुमत नभएको र केन्द्रमा भएको गठबन्धनका आधारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल हुने भएको। कांग्रेस र माओवादीको तालमेलपछि १४ मत हुनेछ। कांग्रेसले पाँच पालिकामा  प्रमुख र उपप्रमुख जितेको छ। नेकपा एमालेले चार पालिकामा प्रमुख र दुई पालिकामा उपप्रमुख जितेको छ। नेकपा माओवादी केन्द्रले एक पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख जितेको छ। 

प्रकाशित मिति: १३:४७ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्