Kathmandu Press

बाढीबाट कास्कीमा पक्की मोटरेबल पुलमा क्षति

काठमाडाैं, असार ५ : शनिबार रातिको अविरल वर्षापछि सेती नदीमा आएको बाढीबाट पोखरा महानगरपालिकाका दुई वडा जोड्ने पक्की मोटरेबल पुलमा क्षति भएको छ।पोखरा–२५ हेमजा र...
बाढीबाट कास्कीमा पक्की मोटरेबल पुलमा क्षति

काठमाडाैं, असार ५ : शनिबार रातिको अविरल वर्षापछि सेती नदीमा आएको बाढीबाट पोखरा महानगरपालिकाका दुई वडा जोड्ने पक्की मोटरेबल पुलमा क्षति भएको छ।

पोखरा–२५ हेमजा र वडा १९ पुरुनचौर जोड्ने गरी मर्दीदोभानभन्दा केही तल सेती नदीमाथि बनाइएको ट्रष्ट पुलमा बाढीले क्षति पुर्‍याएपछि यातायात आवागमन बन्द भएको छ। जसका कारण जिल्लाको माथिल्लो भेगका नागरिक प्रत्यक्ष प्रभावित भएका छन्।

Hardik ivf

पुलको जगभन्दा तलबाटै नदीले कटान गरेपछि पिल्लर कोल्टिएर ट्रष्ट पुल पूर्णरुपमा क्षति भएको र सञ्चालनमा आउन नसक्ने डिभिजन सडक कार्यालय पोखराले जनाएको छ। पुलबाट अब मानिस हिँडडुल गर्नसमेत जोखिम भएको बताइन्छ। पुलका संरचना अन्यत्र स्थानान्तरण गर्नुपर्ने देखिएको छ।

सडक कार्यालयले पाँच वर्षअघि निर्माण गरेको सो पुल ७२ मिटर लामो र सात मिटर फराकिलो छ। पुलको पुरुनचौरपट्टीको क्षेत्रमा पिल्लरसँगैको एप्रोज दुई मिटरजति नदीले बगाएको छ।

बाढीले पुलको पिल्लरसँगै मुख्य जीपमा पनि क्षति पुर्‍याएको पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बताउनुभयो। पुलको मुख्य संरचनामा बाढीले क्षति पुर्‍याएकाले ठूलो क्षति पुगेको उनले बताए। पुल अवरुद्ध भएपछि साना ठूला सबै सवारीका साधन आवतजावत रोकिएको छ। सोही पुल हुँदै माछापुच्छ्रे  गाउँपालिकाका केही वडाका नागरिकसमेत पोखरा आवतजावत गर्ने गर्छन्।

यसैगरी शनिबार राति सेती नदीको बाढीका कारण माछापुच्छ्रे–२ का केही गाउँसँगको सडक सम्पर्क विच्छेद भएको छ। सार्दिखोलाबाट चिप्लेटी हुँदै भरावरी र काभ्रे जाने सडक बाढीका कारण कटान भएपछि यातायात अवरुद्ध भएको स्थानीय शिक्षक सन्तोष आचार्यले बताए। 

प्रकाशित मिति: १३:४१ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्