अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभन कोरोना सङ्क्रमित
काठमाडाैं, असार ५ : अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई शनिबार कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनका अनुसार, ४५...
काठमाडाैं, असार ५ : अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई शनिबार कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनका अनुसार, ४५ वर्षीय सुलिभानमा सङ्क्रमणको लक्षण देखिएको छैन र उनी अमेरिकी राष्ट्रपति जो बिडेनसँग नजिकको सम्पर्कमा छैनन्। सङ्क्रमित हुने उनी बाइडेन प्रशासनका पछिल्लो सदस्य हुन्।
जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्याङ्क अनुसार संयुक्त राज्य अमेरिकामा झण्डै ८ करोड ६० लाख कोभिड-१९ का घटनाहरू र १० लाखभन्दा बढीको मृत्यु भएको छ।
प्रकाशित मिति: १२:३९ बजे, आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












