Kathmandu Press

अफगानिस्तानको मन्दिरमा भएको हिंसात्मक हमलाको पाकिस्तानद्वारा निन्दा

इस्लामावाद, असार ५ : अफगानिस्तानको एक मन्दिरमा भएको हिंसात्मक हमलाको पाकिस्तानले निन्दा गरेको छ।शनिबार अफगानिस्तानको राजधानी काबुलमा भएको हमलामा परी कैयौँको ज्यान गएको थियो।...
अफगानिस्तानको मन्दिरमा भएको हिंसात्मक हमलाको पाकिस्तानद्वारा निन्दा

इस्लामावाद, असार ५ : अफगानिस्तानको एक मन्दिरमा भएको हिंसात्मक हमलाको पाकिस्तानले निन्दा गरेको छ।

शनिबार अफगानिस्तानको राजधानी काबुलमा भएको हमलामा परी कैयौँको ज्यान गएको थियो। सो हमलाको पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति मार्फत् निन्दा गरेको छ। 

पाकिस्तानी विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरी सो मन्दिरमा हमला गरी निर्दोष नागरिकको हत्या गर्ने काम निन्दनीय रहेको बताइएको छ। सो विज्ञप्तिमा आतङ्ककारी क्रियाकलापको निन्दा गर्दै यसमा संलग्नहरुलाई कडा कारबाही गर्न पनि आग्रह गरिएको छ। 

साथै सो विज्ञप्तिमा पाकिस्तान सबै खाले आतङ्कवादको विरोध गर्दछ भन्दै पाकिस्तान अफगान जनताको साथमा रहेको बताइएको छ।

प्रकाशित मिति: १२:३१ बजे, आइतबार, असार ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्