Kathmandu Press

भारतको आसाम र मेघालयमा बाढी, ३२ जनाको मृत्यु

नयाँ दिल्ली, असार ५ : भारतको आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ।असाम र मेघालयमा शुक्रबारदेखि बाढी र...
भारतको आसाम र मेघालयमा बाढी, ३२ जनाको मृत्यु

नयाँ दिल्ली, असार ५ : भारतको आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ।

असाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ। भारतीय उत्तर पश्चिमी यी दुई राज्यमा वर्षा आइतबार पनि जारी रहेको बताइएको छ।

असामको विपद् व्यवस्थापन विभागका अनुसार असाममा शुक्रबारदेखि निरन्तर वर्षा जारी रहेको पाइएको छ।असाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ।

यहाँका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर कम्तीमा पनि १८ लाख भन्दा बढी मानिस प्रभावित भएका छन्।

उता मेघालयका पनि दर्जनौँ जिल्लामा बाढीको प्रकोप बढेको छ।

ती जिल्लामा शनिबारसम्ममा १९ जनाको ज्यान गएको बताइएको छ। यी जिल्लाहरुमा शनिबार रातिसम्म पनि वर्षा जारी रहेको बताइएको छ। यहाँको मौसम विभागले बाढीको प्रकोप रहेकाले सतर्कत अपनाउन सूचना जारी गरेको छ।

प्रकाशित मिति: ११:५६ बजे, आइतबार, असार ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्