मोटरसाइकल चोरीमा संलग्न व्यक्तिबाट भेटियो चाइनिज पेस्तोल
काठमाडौं, असार ५ : मोरङमा मोटरसाइकल चोरीमा संलग्न व्यक्तिबाट प्रहरीले चाइनिज पेस्तोल भेटेको छ । जिल्लाको बुढिगंगा गाउँपालिका–६ का ३२ वर्षीय विनोद चौधरीको डेराबाट...
काठमाडौं, असार ५ : मोरङमा मोटरसाइकल चोरीमा संलग्न व्यक्तिबाट प्रहरीले चाइनिज पेस्तोल भेटेको छ । जिल्लाको बुढिगंगा गाउँपालिका–६ का ३२ वर्षीय विनोद चौधरीको डेराबाट प्रहरीले चाइनिज पेस्तोल, म्याग्जिन र एक राउन्ड गोली बरामद गरेको हो।
मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका विनोद सुनसरीको दहवी नगरपालिका–३ मा डेरामा बस्दै आएका थिए । प्रहरीले डेरा खानतलास गर्दा पेस्तोल भेटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिएका छन्।
मोटरसाइकल चोरीमा संलग्न पक्राउ परेका अन्य १६ जना र दीपकमाथि थप अनुसन्धान भइरहेको उनले बताए।
प्रकाशित मिति: ११:३९ बजे, आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












