Kathmandu Press

महोत्तरीमा मोटरसाइकलले ठक्करबाट एकको मृत्यु

जलेश्वर, असार ५ : मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नगरपालिका–४ मगरटोल...
महोत्तरीमा मोटरसाइकलले ठक्करबाट एकको मृत्यु
Hardik ivf

जलेश्वर, असार ५ : मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नगरपालिका–४ मगरटोल बस्ने ५० वर्षीय गणेशबहादुर थापामगरको गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट बर्दिबासतिर जाँदै गरेको ज १० प २०६६ नंको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। फरार मोटरसाइकल चालकको खोजतलास भइरहेको जनाइएको छ। 

प्रकाशित मिति: १०:२४ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्