Kathmandu Press

बाढीले ह्युमपाइप बगेपछि डुम्रे-बेँसीसहर अवरुद्व

तनहुँ, असार ५ : तनहुँको भानु नगरपालिका-८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बाढीले बगाएपछि डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्व भएको छ।खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप...
बाढीले ह्युमपाइप बगेपछि डुम्रे-बेँसीसहर अवरुद्व

तनहुँ, असार ५ : तनहुँको भानु नगरपालिका-८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बाढीले बगाएपछि डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्व भएको छ।

खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाएको छ। जसले गर्दा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको छ।

आइतबार बिहानको अविरल वषापछिको बाढीले  ह्युमपाइपमा क्षति पुगेको थियो। गएरातिको वर्षाले ह्युमपाइप नै बगाएको हो।

साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले बताए।

प्रकाशित मिति: ०८:४८ बजे, आइतबार, असार ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्