Kathmandu Press

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते

सल्यान, असार ५ : सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् भने एक जनाको...
सल्यानमा जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते
फोटो: नेपाल प्रहरी

सल्यान, असार ५ : सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ।

बनगाड कुपिण्डे नगरपालिका ४ देउलीबाट डोप्के जाँदै गरेको भे १ ज १०२१ नम्बरको जीप गएराति दुर्घटना भएको हो।

दुर्घटनामा परी बनगाड कुपिण्डे नगरपालिका ४  देउलीका ३२ वर्षीय मोतिलाल बुढा, ५७ वर्षीय मने बुढा, ६९ वर्षीय सहदेव बुढा, ५० वर्षीय चित्रबहादुर बुढा, १० वर्षीया हरिमाया बुढाथोकी र १५ वर्षीय गोपाल बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइतेको सल्लीबजारमा उपचार भइरहेको छ। घाइतेमध्ये मोतिलाल बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले बताए।

उनका अनुसार जीप एक्कासी अनियन्त्रित भई सडकमा पल्टिएको हो। जीप चालक भागेका छन्।

 

प्रकाशित मिति: ०७:१९ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्