Kathmandu Press

आज बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने

काठमाडौं, असार ५ : मनसुनी वायुको प्रभावले आज बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने भएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल...
आज बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने

काठमाडौं, असार ५ : मनसुनी वायुको प्रभावले आज बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने भएको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:०० बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्