Kathmandu Press

टोखामा कुटपिट गरेर युवकको हत्या

काठमाडौं, असार ५ : काठमाडौँको टोखामा कुटपिट गरेर एक युवकको हत्या गरिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२...
टोखामा कुटपिट गरेर युवकको हत्या

काठमाडौं, असार ५ : काठमाडौँको टोखामा कुटपिट गरेर एक युवकको हत्या गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बूको हत्या गरिएको जनाएको छ। हत्यामा संलग्न रहेको आरोपमा मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बूसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार टोखा–१ मालुङस्थित निर्माणाधीध घरमा काम गर्ने कामदारबीच एकापसमा झगडा भएको थियो। गम्भीर घाइते भएका लिम्बूलाई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो।

उनको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०६:४१ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्