Kathmandu Press

चितवनमा इनार सफा गर्ने क्रममा दुई जनाकाे मृत्यु

काठमाडाैं, असार ४ :  चितवनको माडीमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ। इनारभित्र अक्सिजनकाे कमी भएकाे कारण उनीहरूकाे मृत्यु भएकाे...
चितवनमा इनार सफा गर्ने क्रममा दुई जनाकाे मृत्यु

काठमाडाैं, असार ४ :  चितवनको माडीमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ। इनारभित्र अक्सिजनकाे कमी भएकाे कारण उनीहरूकाे मृत्यु भएकाे हाे।

माडी नगरपालिका ७ देवेन्द्रपुरस्थित स्थानीय रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा माडी नगरपालिका वडा नं. ८ का २५ बर्षका सूर्य गुरुङ र सोही ठाउँका ३० बर्षका शिव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घरकोभित्र प्यासेजमा रहेको इनार सफा गर्ने क्रममा उनीहरूकेा मृत्यु भएकाे हाे।

प्रहरीका अनुसार इनारभित्र पसेका गुरूङले सहयाेगकाे लागि हातले इशारा गरेपछि राई कम्मरमा डोरी बाँधेर इनारभित्र पसेका थिए। राईले बाँधेको डोरी चुडिएर इनारभित्र खसेपछि उनीहरूकाे अक्सिजनको कमी भई मृत्यु भएको प्रहरीको अनुमान छ।

उनीहरुको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ।

प्रकाशित मिति: १९:३८ बजे, शनिबार, असार ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्