Kathmandu Press

धादिङमा मलामी बाेकेकाे गाडी दुर्घटना हुँदा २६ जना घाइते

धादिङ, असार ४ : मलामी बोकेर मैदीतर्फ जाँदै गरेको स्वाराज गाडी आज मैदीभन्ज्याङमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।स्वराज ट्रकको पछाडि बसेका...
धादिङमा मलामी बाेकेकाे गाडी दुर्घटना हुँदा २६ जना घाइते

धादिङ, असार ४ : मलामी बोकेर मैदीतर्फ जाँदै गरेको स्वाराज गाडी आज मैदीभन्ज्याङमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

स्वराज ट्रकको पछाडि बसेका मलामी घरतर्फ जाँदै थिए। सोही अवस्थामा दुर्घटना भएको हो। बा४ख १२२९ नंको गाडि नीलकण्ठ नगरपालिका–८ मैदीभज्याङमा दुर्घटना भएपछि प्रहरी र स्थानीयवासीले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए।

दुर्घटनामा घाइते भएका पाँच जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। छ जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ भने १५ जनाको सामान्य उपचारपछि घर फर्किएका छन्। दुर्घटनापछि सवारी चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १८:१३ बजे, शनिबार, असार ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्