Kathmandu Press

चीनको गुआङ्सीमा भीषण वर्षाका कारण दुईजनाको मृत्यु, दुई बेपत्ता

बेइजिङ, असार ४ : दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको एक भागमा भारी वर्षाका कारण दुई जनाको मृत्यु हुननाको साथै अन्य दुई बेपत्ता भएको...
चीनको गुआङ्सीमा भीषण वर्षाका कारण दुईजनाको मृत्यु, दुई बेपत्ता

बेइजिङ, असार ४ : दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको एक भागमा भारी वर्षाका कारण दुई जनाको मृत्यु हुननाको साथै अन्य दुई बेपत्ता भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन्।

स्थानीय मौसम विभागले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म लिउझाउ शहरअन्तर्गत रहेको रोङ्शुई मियाओ स्वायत्त काउन्टी र रोङ्गन काउन्टीमा भारी वर्षा भएको र केही क्षेत्रमा ३८५.६ मिलिमिटरसम्म वर्षा भएको जनाएको छ।

रोङशुई काउन्टीको गुडु गाउँमा वर्षाले दुई जनाको ज्यान लिनुका साथै दुई जना बेपत्ता र एक जना घाइते भएका छन्।

काउन्टी सरकारले उद्धार कार्य जारी रहेको र वरपरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ।

उक्त क्षेत्रमा जुन २१ गतेसम्म भारी वर्षा हुने अनुमान गरिएको छ।

प्रकाशित मिति: १८:०५ बजे, शनिबार, असार ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्