Kathmandu Press

काठमाडौं महानगरको ब्रुमर फेरि सञ्चालनमा आयो 

काठमाडौं, असार ४ : तीन दिनदेखि काठमाडौँमा यान्त्रिक कुचो (ब्रुमर) पुनः सञ्चालमा आएको छ।विगतमा सञ्चालन भएको तर चालकको करार अवधि सकिएकाले ब्रुमर दुई...
काठमाडौं महानगरको ब्रुमर फेरि सञ्चालनमा आयो 

काठमाडौं, असार ४ : तीन दिनदेखि काठमाडौँमा यान्त्रिक कुचो (ब्रुमर) पुनः सञ्चालमा आएको छ।

विगतमा सञ्चालन भएको तर चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन। उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइएको हो।

हाल कामपामा ६ यन्त्रिक कुचो सञ्चालनमा छन्। फोहरमैला व्यवस्थापन गर्ने, ब्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकास र बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाडलको व्यवस्थापन गर्ने जस्ता काम महानगरबाट नियमित रुपमा भइरहेका छन्। 

प्रकाशित मिति: १७:२६ बजे, शनिबार, असार ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्