Kathmandu Press

अवैध रूपमा ल्याइएकाे ६६ लाख बराबरको सामान बरामद

वीरगन्ज, असार ४ : बिलबिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको अवस्थामा पर्सा प्रहरीको टोलीले एउटा ट्रक नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि पथलैयास्थित राजस्व...
अवैध रूपमा ल्याइएकाे ६६ लाख बराबरको सामान बरामद
Hardik ivf

वीरगन्ज, असार ४ : बिलबिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको अवस्थामा पर्सा प्रहरीको टोलीले एउटा ट्रक नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ।

ट्रकमा रहेका सामानको रु. ६६ लाख ८८ हजार २४२ मूल्याङ्कन गरी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पठाइएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। 

विशेष सूचनाका आधारमा बिलभन्दा बढी मूल्य बराबरको विभिन्न किसिमका मेडिकल तथा खुद्रा सामान लोड गरिएको ना ५ख ९६७५ नंको ट्रक प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: १७:१० बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्