Kathmandu Press

दुबईका राजकुमार मोक्तुमले दुर्गा प्रसाईलाई दिए सुनको लौरो उपहार

दुबईका राजकुमार मोक्तुमले दुर्गा प्रसाईलाई दिए सुनको लौरो उपहार

झापा, असार ४ : तीन दिने नेपाल भ्रमणमा रहेका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन्। उनी प्रसाईंकै निमन्त्रणमा नेपाल आएका हुन्। 

श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेका मोक्तुमलाई प्रसाईंले स्वागत गरेका थिए।

बिर्तामोडमा रहेको बिएन्डसी तथा पूर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका लागि झापा आएका राजकुमार मोक्तुम दुई दिन यहीँ बस्नेछन्। प्रसाईं बिएन्डसी पूर्वाञ्चल क्यानसर अस्पतालका सञ्चालक हुन्।

नेपाल भ्रमणका क्रममा राजकुमार मोक्तुमले काठमाडौं र पोखराका विभिन्न स्थानको भ्रमण गर्ने जनाइएको छ। 

प्रकाशित मिति: १७:०२ बजे, शनिबार, असार ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्