थप १४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, असार ४ : नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ५ सय ९० पिसिआर परिक्षणका क्रममा ११...
काठमाडाैं, असार ४ : नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ५ सय ९० पिसिआर परिक्षणका क्रममा ११ जना र ९ सय ४४ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन।
त्यस्तै थप ११ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ८८ जना निको भएका छन्।
हाल नेपालमा १ सय ४ सक्रिय संक्रमित आाइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३३ बजे, शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












