Kathmandu Press

इक्वेडरका तीन प्रदेशमा संकटकाल घोषणा

क्युटो, असार ४ : इक्वेडरका तीन प्रदेशमा शुक्रबार संकटकाल घोषणा गरिएको छ।राष्ट्रपति गुयलेरमो लासोले एन्डीज क्षेत्रमा पर्ने तीन प्रदेशमा कम्तीमा ३० दिनका लागि भन्दै...
इक्वेडरका तीन प्रदेशमा संकटकाल घोषणा

क्युटो, असार ४ : इक्वेडरका तीन प्रदेशमा शुक्रबार संकटकाल घोषणा गरिएको छ।

राष्ट्रपति गुयलेरमो लासोले एन्डीज क्षेत्रमा पर्ने तीन प्रदेशमा कम्तीमा ३० दिनका लागि भन्दै सङ्कटकालको घोषणा गरेका हुन्। 

उनका अनुसार पिचिन्चा, इम्बाबुरा र कोटोपाक्सीलाई थप हिंसा हुन नदिनका लागि सङ्कटकाल घोषणा गरेका हुन्।

पछिल्लो पाँच दिनमा त्यस क्षेत्रमा धेरै हिंसात्मक घटनाहरू भएकाले सङ्कटकाल लगाउनुपर्ने बाध्यता आइपरेको उनको भनाइ छ।

संकटकाललाई प्रभावकारी बनाउन स्थानीय समय अनुसार हरेक दिन राती १० बजेदेखि बिहान ५ बजेसम्म कफ्‌र्यु आदेश पनि जारी गरिएको छ।

दक्षिण अमेरिकी यस मुुलुकमा लामो समयदेखि स्थानीय आदिवासी समुह र राज्य पक्षका बीचमा द्वन्द्व चल्दै आएको छ। द्वन्द्वका कारण ठूलो धनजनको क्षति भएको छ।

प्रकाशित मिति: १६:१७ बजे, शनिबार, असार ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्