Kathmandu Press

पुँजीबजार सुधारको माग गर्दै सेयर लगानीकर्ताले गरे प्रदर्शन

ललितपुर, असार ४ : पुँजीबजार सुधारको माग गर्दै आन्दोलनरत सेयर लगानीकर्ताहरूले शनिबार प्रदर्शन गरेका छन्।पूँजी बजार सुधार संघर्ष समितिले आफुहरुले अघि सारेको माग...
पुँजीबजार सुधारको माग गर्दै सेयर लगानीकर्ताले गरे प्रदर्शन

ललितपुर, असार ४ : पुँजीबजार सुधारको माग गर्दै आन्दोलनरत सेयर लगानीकर्ताहरूले शनिबार प्रदर्शन गरेका छन्।

पूँजी बजार सुधार संघर्ष समितिले आफुहरुले अघि सारेको माग तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै ललितपुरको खुलमटारस्थित धितोपत्र बोर्डको कार्यालय नजिकै र्यालीसहित प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले पूँजी बजारको सुधार र बिकास रोक्न पाईदैन, नेप्सेको पुनसंरचना गर, धित्तोपत्र बोर्डलाई स्वयत्त बनाऔ लगाएतका नारा लगाएका थिए।

पूँजीबजार सुधारको माग सहित लगानीकर्ता संघर्ष समितिका संयोजक तिलक कोइराला विगत ४ दिनदेखि आमरण अनसनमा छन्।

अनसनमा बसेका कोईरालाको स्वास्थ्य अवस्था कमजोर बन्दा समेत सरकारको ध्यान नगएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन्। 

प्रकाशित मिति: १६:०२ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्