Kathmandu Press

बैतडीमा अझै पुगेनन् पाठ्यपुस्तक

बैतडी, असार ४ : बैतडीमा पाठ्यपुस्तक अभाव भएको छ। गत जेठ १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु भइसकेको भए पनि एक महिना बढी...
बैतडीमा अझै पुगेनन् पाठ्यपुस्तक

बैतडी, असार ४ : बैतडीमा पाठ्यपुस्तक अभाव भएको छ। गत जेठ १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु भइसकेको भए पनि एक महिना बढी भइसक्दासमेत पाठ्यपुस्तक पुग्न सको छैन।    

बैतडीका सामुदायिक विद्यालयका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म ५० हजार मात्रै जिल्लामा पुगेका छन्। सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ। विद्यार्थीसित विनापुस्तक पढाई गर्नुपर्ने बाध्यता छ।  

Hardik ivf

विद्यालय खुलेको एक महिना भएको भए पनि अझै पनि  पाठ्यपुस्तकको अभाव रहेको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताए।

नयाँ शैक्षिकसत्रको पढाइ सञ्चालनमा रहेको भए पनि सबै पाठ्यपुस्तक नपुग्दा समस्या भएको छ। उनले भने, 'विद्यार्थी सङ्ख्याका आधारमा पाठ्यपुस्तक पुगेका छैनन्, पाठ्यक्रम हेरेर पठाउनुपर्ने बाध्यता छ।' 

स्थानीय निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जानकारी आएको र केही दिनमै जिल्लामा पाठ्यपुस्तक पुग्ने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए।

उनले भने, 'कक्षा ७ र ९ को सबै पुस्तक अभाव छ, बाँकी पनि विद्यार्थी सङ्ख्याका आधारमा आइपुगेको छैन। पाठ्यक्रम हेरेर पठनपाठन सञ्चालन गर्नुस् भनेर विद्यालयलाई भनेका छौं।' बैतडीमा ५४० सामुदायिक विद्यालय छन्। 

प्रकाशित मिति: १५:५८ बजे, शनिबार, असार ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्