Kathmandu Press

जाजरकोट कुशेका वडाध्यक्ष मृत फेला

सुर्खेत, असार ४ : जाजरकोटको कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत फेला परेका छन्।शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला...
जाजरकोट कुशेका वडाध्यक्ष मृत फेला

सुर्खेत, असार ४ : जाजरकोटको कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत फेला परेका छन्।

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेको खबर प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए।

घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बताए।

मृतक वडाध्यक्ष घर्ती गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति: १५:१७ बजे, शनिबार, असार ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्