Kathmandu Press

न्यून आय भएका परिवारलाई बाख्रा र बङ्गुर

सुनसरी, असार ४ : सुनसरीको कोसी गाउँपालिका–१ की मुन्नी मरिक लामो समयदेखि बङ्गुरपालन गर्दै आएकी छन्। उनीसँग उन्नत जातका बङ्गुर भने थिएनन्। मरिकले...
न्यून आय भएका परिवारलाई बाख्रा र बङ्गुर

सुनसरी, असार ४ : सुनसरीको कोसी गाउँपालिका–१ की मुन्नी मरिक लामो समयदेखि बङ्गुरपालन गर्दै आएकी छन्। उनीसँग उन्नत जातका बङ्गुर भने थिएनन्। मरिकले सोचेअनुसारको आम्दानी गर्न सकेकी थिइनन्।  

बङ्गुरपालन गर्दा मरिकको अत्यधिक खर्च भएको छ। तर खर्चअनुसारको आम्दानी भने हुन सकेको छैन। ललिता मरिकको समस्या पनि मुन्नीको जस्तै छ।

केही समय अघिसम्म बङ्गुरपालन गर्दा दाना, औषधि उपचार र स्याहारसुसारमा समय लाग्ने गरेकाले ललिता पाल्ने न पाल्ने भन्ने दोधारमा थिए। पछिल्लो समय भने उन्नत जातको बङ्गुरपालनबाट सोचेकोभन्दा बढी आम्दानी हुने आसले उनी यसमा कम्मर कसेर लागेकी छन्।

Hardik ivf

त्यसैगरी कोसी गाउँपालिका–५ की महावती सदाले पनि बाख्रापालन गर्दै आएकी थिइन्। कोसी कटान क्षेत्रमा अधिकांश खेत बगर रहेका कारणले सदाले स्थानीय जातको बाख्रापालन गर्दै आएकी छन्। बाख्रापालन गर्दा लाग्ने खर्च र मेहनतअनुसारको परिश्रम पाउन कठिनाइ हुँदै आएपछि उनी समस्यामा छिन्। 

स्थानीय जातको बाख्रापालन गर्दा औषधि उपचार, घाँस, स्याहारसुसार गर्दा खर्च र मेहनत निकै लाग्ने गरेको भए पनि सोअनुसारको आम्दानी नहुँदा के गर्ने भने समस्याले सदा परिवारलाई पिरोलिरहेको छ। कोसी गाउँपालिका–५ की रुवि सदाको अवस्था पनि  ललिताकोभन्दा कम थिएन। स्थानीय जातको बाख्राले खासै आम्दानी नदिएपछि उनी अन्य पेशाको खोजीमा थिइन्। 

पछिल्लो समय कोसी गाउँपालिकाले उन्नत जातको बङ्गुर र बाख्रा दिएपछि अहिले त्यस क्षेत्रका न्यून आय भएका परिवार खुसी छन्।

पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत कोसी गाउँपालिका–१ का २५ परिवारलाई उन्नत जातको बङ्गुर र कोसी–५ स्थित प्रभाकर टोलका २२ सदा र मरिक समुदायका किसानलाई बाख्रा र बङ्गुर वितरण गरिएको कोसी गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिए। 

तालिम प्राप्तसमेत गरेका उनीहरुले उन्नत जातको बाख्रा र बङ्गुर पाएपछि आम्दानी हुने उद्देश्यका साथ लागिपरेका छन्।

कृषकलाई पशुपालनमा प्रोत्साहन गर्दै आत्मनिर्भर बनाउने योजनाअनुसार बाख्रा र बङ्गुर वितरण गरिएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए।

अध्यक्ष कृषि आधुनिकीकरण योजना’बाट ग्रामीण भेगका कृषकको जीवनस्तर उकास्न सहयोग पुगेको उनको भनाइ छ।

प्रकाशित मिति: १४:५९ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्