Kathmandu Press

ऊर्जा वचत गर्न बंगलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने

ढाका, असार ४ : बंगलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ।प्रधानमन्त्री शेख हसिनाले बेलुका ८ बजेपछि सबै पसल तथा व्यवसायीक प्रतिष्ठानहरू...
ऊर्जा वचत गर्न बंगलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने

ढाका, असार ४ : बंगलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रधानमन्त्री शेख हसिनाले बेलुका ८ बजेपछि सबै पसल तथा व्यवसायीक प्रतिष्ठानहरू बन्द गर्न आग्रह गरेका हुन्। यो नियम देशैभरि लागु गर्न पनि उनले अनुरोध गरेका छन्।

Hardik ivf

प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री कार्यालयका महानिर्देशक महमद अहसान किब्रिया सिद्धिकीले शुक्रबार सूचना जारी गर्दै ८ बजेसम्म मात्रै बजार खुला गर्न आग्रह गरेका हुन्।

ऊर्जा तथा पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले राति ८ बजेपछि पसल तथा बजार बन्द गर्न आग्रह गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।  

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विश्वव्यापी समस्याको रुपमा देखिएकाले पेट्रोलियम पदार्थको बचतका लागि विभिन्न देशमा विभिन्न उपाय अपनाउने गरिएको छ।  

पेट्रोलियम पदार्थको अभावका कारण मूल्य वृद्धि समेत हुने गरेकाले त्यसको नियन्त्रणका लागि पनि यसको प्रयोग कम गर्नु परेको हो।

बेलुका चाँडै बजार बन्द गर्दा विद्युत तथा पेट्रोलियम पदार्थको खपत घट्ने र व्यापार घाटा पनि कम हुने अपेक्षा सरकारले गरेको छ।

प्रकाशित मिति: १४:५४ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्