Kathmandu Press

साइकलबाट लडेर एक युवकको मृत्यु

रोल्पा, असार ४ : रोल्पामा साइकलबाट लडेर एक युवकको मृत्यु भएको छ।साइकल  चलाउने क्रममा सडकबाट खसेर ३०० मिटर तल पुगेर गम्भीर घाइते भएका...
साइकलबाट लडेर एक युवकको मृत्यु

रोल्पा, असार ४ : रोल्पामा साइकलबाट लडेर एक युवकको मृत्यु भएको छ।

साइकल  चलाउने क्रममा सडकबाट खसेर ३०० मिटर तल पुगेर गम्भीर घाइते भएका परिवर्तन गाउँपालिका–५ खेस्रा वाङका २१ वर्षीय दिनेश वलीको उपचारका लागि रोल्पा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रकाशित मिति: १४:१७ बजे, शनिबार, असार ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्