Kathmandu Press

जोखिमपूर्ण भवनमा पठनपाठन

दार्चुला, असार ३ : दुहुँ गाउँपालिका–२ स्थित दह आधारभूत विद्यालयले एक वर्षदेखि जोखिमपूर्णरुपमा विद्यालयमा पठनपाठन गर्दैआएको  छ। गत वर्ष भदौ दोस्रो साता गएको बाढीपहिराका...
जोखिमपूर्ण भवनमा पठनपाठन
Hardik ivf

दार्चुला, असार ३ : दुहुँ गाउँपालिका–२ स्थित दह आधारभूत विद्यालयले एक वर्षदेखि जोखिमपूर्णरुपमा विद्यालयमा पठनपाठन गर्दैआएको  छ। गत वर्ष भदौ दोस्रो साता गएको बाढीपहिराका कारण सो विद्यालय जोखिमपूर्ण अवस्थामा छ । पहिराले पर्खाल भत्काउनुका साथै विद्यालय परिसर आधा कटान गरेको छ।

शिशु कक्षादेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयको भवनमा समेत क्षति पुगेको छ । ‘विद्यालयमा खानेपानी र शौचालयसमेत छैन । शौचालय नहुँदा विद्यार्थी र शिक्षक खोलामा गएर शौच गर्नुपर्ने बाध्यता छ,’ प्रधानाध्यापक जङ्गबहादुर बमले भने। भवनको वरपर पहिरो गएको छ । ‘अहिले जोखिमपूर्ण अवस्थामा पठनपाठन गर्दैछौँ,’ बमले  भने। 

विद्यालयमा हाल ७७ विद्यार्थी अध्ययनरत छन् । अघिल्लो शैक्षिकसत्रमा १२० भन्दा बढी विद्यार्थी अध्यनरत थिए । ‘बाढीपहिरोपछि नरुली र बत्थोली गाउँबाट विद्यार्थी आउन मानेका छैनन्,’ प्रअ बमले भने। बाटोघाटो अभावका कारण पनि विद्यार्थी आउन मानेका छैनन् । खेलमैदान नहुँदा विद्यार्थीलाई खेल्न समस्या भएको छ । विद्यालयमा हाल तीन शिक्षक कार्यरत छन्।  

प्रकाशित मिति: ११:०९ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्