Kathmandu Press

कैलालीमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

काठमाडौं, असार ३ : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गए राति गोदावरी नगरपालिका–६ लालपुरमा सुपप्र०१०१०प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका...
कैलालीमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

काठमाडौं, असार ३ : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

गए राति गोदावरी नगरपालिका–६ लालपुरमा सुपप्र०१०१०प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। 

प्रकाशित मिति: ११:०५ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्