Kathmandu Press

कैलालीमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

काठमाडौं, असार ३ : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गए राति गोदावरी नगरपालिका–६ लालपुरमा सुपप्र०१०१०प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका...
कैलालीमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु
Hardik ivf

काठमाडौं, असार ३ : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

गए राति गोदावरी नगरपालिका–६ लालपुरमा सुपप्र०१०१०प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। 

प्रकाशित मिति: ११:०५ बजे, शुक्रबार, असार ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्